काठमाडौँ । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले खेताला परीक्षार्थी लगाएर कक्षा १२ को परीक्षा दिएको पुष्टि भएको छ । उनले दिएका तीनवटै परीक्षा रद्द हुने भएका छन्।
मोक्तानको सिम्बोल नम्बर २२००३१२७ का दुई उत्तरपुस्तिका फेला परेपछि विवाद उब्जिएको थियो । यस विषयमा माध्यमिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षमा बसेको बैठकले मोक्तानले दिएका परीक्षा रद्द गर्ने निर्णय गरेको हो।
कपिलाकोट मावि महादेवस्थान परीक्षा केन्द्रमा मोक्तानलाई पुस्तकालय कोठामा एक्लै राखेर परीक्षा दिन लगाइएको सूचनाका आधारमा सिडिओसहितको टोलीले २९ गते परीक्षा केन्द्रमा अनुगमन गरेको थियो।
त्यस दिन सामाजिक अध्ययन तथा जीवनपयोगी विषयको परीक्षा थियो । सो परीक्षा सकिएपछि बाहिरबाट लेखेर ल्याइएको उत्तरपुस्तिका मिसाउन खोज्दा पोल खुलेको हो।
प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार













प्रतिक्रिया