काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट पनि निलम्बित भएका छन्।

सोमबार उनलाई सांसदबाट निलम्बन गरिएको जानकारी सभामुख देवराज घिमिरले संसद बैठकमा पढेर सुनाएका थिए।

advertisement

प्रहरीले रायमाझीलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो। पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि रायमाझी सांसदबाट पनि निलम्बनमा परेका हुन्।

यसअघि वैशाख २७ गते नेकपा (एमाले)ले पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएकाले अनुसन्धानमा सघाउ पुगोस् भनेर सचिवबाट निलम्बन गरेको एमालेले बताएको थियो।

प्रकरणमा टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परेका छन्। टोपबहादुरलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइएको थियो।

 

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com