काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । शरणार्थी प्रकरणमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
पूर्वसभासद शेर्पाले आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा पुगेर आत्मसमर्पण गरेको स्रोतले बतायो । उनले शरणार्थी प्रकरणका एक नाइके सानु भण्डारीलाई हिरासतमै गएर भेटेका थिए । आइतबार पक्राउ पूर्जि जारी गरेपछि उनी सम्पर्कविहीन भएको बताइएको थियो ।
शेर्पा रामेछापबाट २०७० सालमा सभासद निर्वाचित भएका थिए। उनी शरणार्थी प्रकरणमा पक्राउ पर्ने १४ औं व्यक्ति बनेका छन्।
प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार













प्रतिक्रिया