काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडामा गएर दर्ता गर्न व्यवसायीले झन्झटिलो मान्ने हुँदा पसल-पसलमा गएर व्यवसाय दर्ता गर्ने तयारी गरेको छ।
सोमबार बसेको १५ औँ कार्यपालिका बैठकमा महानगरका प्रमुख बालेन शाहले यस्तो बताएका हुन् ।
उनले भने, ‘होम डेलिभरी सरकार महानगरको नीतिमै भएको र कतिपयलाई वडामा आएर लाइनमा बसेर व्यवसाय दर्ता गर्न झन्झटिलो हुने हुँदा यो कार्यक्रम ल्याइएको हो ।’
यस्तै नागरिकको व्यवसाय दर्ता गरिदिएर अनलाइन प्रणालीबाट वार्षिक शुल्क तिर्न पनि सिकाइने उनले बताए।
प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार













प्रतिक्रिया