काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई थप बिग्रन नदिन सचेत भएर अघि बढ्न सबैमा आग्रह गरेका छन्।

जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले जननेता भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न र समाजमा आदर्शको महत्व हुन्छ भन्ने कुरालाई मनन गर्न पनि आग्रह गरेका छन् ।

advertisement

२०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको थियो । यो रहस्यमय दुर्घटनाको पर्दा अझै उघारिएको छैन ।

 

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com