काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दामा हिजो अन्तिम फैसला सुनाएसँगै नागरिक उन्मुक्ति पार्टीका एक हुल व्यक्तिहरु माइतीघर मण्डलामा पुगे ।

हुलको केन्द्रमा थिइन् पत्रकार ऋषि धमलाकी पत्नी तथा सो पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतम । उपस्थित सञ्चारकर्मी र युट्यूवरको आकर्षणमा उनी परिहालिन् ।

advertisement

एलिजाले पनि आफू लाइनलाइटमा आउने अवसर किन खेर फाल्थिन् । उनले सर्वोच्चको फैसलाविरुद्ध चर्को अभिव्यक्ति दिइन् । रेशम चौधरी नछुटेको खण्डमा देशमा आगो लाग्ने घोषणा गरिन् ।

‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ,’ धमलापत्नीले भनिन्, ‘अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा ।’

निर्दोष व्यक्तिलाई ९–१० वर्षदेखि जेलमा राखिएको गुनासो गरिन् उनले । भनिन्, ‘तपाईं हामी सम्झिउँ न, हाम्रै दाजुभाई, हाम्रै परिवारमा यस्तो घटना घटेको भए कस्तो हुन्थ्यो होला ? हामीलाई आज त्यस्तै भएको छ ।’

सञ्चारकर्मीले उनलाई सोधे, ‘उक्त घटनाका मृतकका परिवारलाई पनि त्यस्तै पीडा भएको थियो होला नि त ?’यो प्रश्नको जवाफ एलिजाले दिन सकिनन् । उनीसँगै रहेका कार्यकर्ताले बोले ।

उनले भने, ‘यो आन्दोलन हो साथी । तपाईंहरु ‘घटना’ नभन्नुस । टिकापुर घटना होइन, आन्दोलन हो । १७ हजार मारिँदा उनीहरुको चाहीँ परिवार थिएन ?’

धमलापत्नीले आफूहरु यतिञ्जेल देशमा कानून छ भनेर चुप लागेर बसेको बताइन् । ‘हामीले स्वीकारेका थियौं । आज आउला, भोलि आउला भनेर यत्रो ९–१० वर्षसम्म चुप लागेर बसेका हौं । उहाँले न्याय पाउनुहोला भन्ने थियो । तर, खोइ त रु आज पनि हामी फुलमाला लिएर गेटमा बसेका थियौं, उहाँले सफाइ पाउनुहुन्छ भनेर । तर पाउनु भएन । एकदमै गलत निर्णय भयो । निर्दोष व्यक्तिलाई यसरी फसाउन पाइँदैन । अब हामी लड्छम् । सडकमा उत्रिन्छम्,’ आक्रोशित मुद्रामा उनले भनिन् ।

स्मरणीय छ कि धमलापत्नी एलिजा गत माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् । उनी सो पार्टीका तर्फबाट एकपटक शीर्ष नेताहरुको बैठकमा समेत भाग लिन पुगेकी थिइन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com