काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माआवोदी लडाकुहरूलाई राखिएको क्यान्टोनमेन्टमा भ्रष्टाचार नभएको दाबी गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका हुन्।

advertisement

उनले यस विषयमा कसैले दिएको उजुरीका आधारमा छानबिन गरी दोषी प्रमाणित भए आफू जेल जान तयार रहेको बताए।

उनले क्यान्टोनमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबै रेकर्ड सुरक्षित रहेको बताए। राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको भए पनि पटक-पटक राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा यो विषय उठाउने गरिएको उनले बताए।

 

प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com