काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल साधारण सुरक्षा घेरामै संसद् भवन पुगेका छन् । राष्ट्रपति पौडेलले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

शीतल निवासबाट भीभीआईपीलाई दिइने साधारण सुरक्षामै सडकमा निस्किएका राष्ट्रपति पौडेल सर्वसाधारणसँगै सडक अवरुद्ध नगरी संसद् भवन पुगेका हुन् ।

advertisement

विगतमा राष्ट्रपतिको सवारी हुँदा प्रहरीले सडक ठप्प पार्ने गरेको थियो । यसपटक राष्ट्रपति पौडेलले सडकमा कुनै अवरोध नगरी संसद्सम्म पुगेका हुन् । यसअघि पौडेल राष्ट्रपति निर्वाचन हुँदाको बखत् नै राष्ट्रपतिको सवारीका कारण नागरिकलाई सास्ती हुन नहुने भन्दै बहस चलेको थियो ।

प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com