काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्।

शनिवार काभ्रे पुगेका लामिछानेले भ्रष्टाचार र कालोबजारीको जालो तोड्नुपर्ने भएकाले एकल सरकार चलाउने गरी बहुमत ल्याउनुपर्ने बताए।

advertisement

उनले भने, ‘०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउँछौँ। हामीलाई एक पटक मौका दिनुस्। कुनै भ्रष्टलाई पार्टीमा ठाउँ छैन।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला दलका शीर्ष नेताहरूकै नाम मुछिएपछि जोगाउन लागिपरेको आरोप लगाए। उनले कयौँ भ्रष्टाचारको फाइलको धुलो टकटक्याउन जनताको साथ चाहिएको बताए।

 

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com