काठमाडौं । एमाले उपमहासचिव विष्णु रिमालले केही दिनअघि धरानका मेयर हर्क साम्पाङमाथि तुच्छ शब्द प्रयोग गर्दै टिप्पणी गरे । त्यो उनका लागि अरिंगलको गोलामा ढुंगा हानेझैँ भएको छ।

सामाजिक सञ्जालमा रिमाल चर्को आलोचनाको शिकार भइरहेका छन् । आफूले बोलेको कुरालाई फरक व्याख्या गर्दै प्रष्टीकरण दिए पनि उनले धर पाएका छैनन् ।

advertisement

यता फेसबुकमा रिमाललाई ‘गुइँठे’ को संज्ञा दिएका मेयर साम्पाङले गीतबाट पनि जवाफ दिएका छन् ।

उनले गिटार बजाउँदै रिमाललाई लक्षित गरी गीत गाएका हुन् ।

गीतको बोल यस्तो छ:

एउटा फ्याउरो स्टेज चढी कराएछ ए होइ

पचास हजार लाइक भन्दै ५/१० लाख गाली मात्रै खाएछ ए होइ

ए होइ ए होइ ए होइ के सारो, ए होइ ए होइ ए होइ

गाली, ए होइ ए होइ ए होइ खाको, ए होइ ए होइ ए होइ

बिजोक भो, ए होइ ए होइ ए होइ

जनताले चुने मलाई विरोध किन गर्छौ

जनहितको काम गर्दा खुट्टा किन तान्छौ

बाँदरको व्यहोरा छेपारोको रंग

नेता बनी टोपल्छ है रंग न ढंग

विरोध मात्रै गरेको छ भातले सरापेको

के नै कुरा गर्नु र खोइ यस्ता तोर्पेको

ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com