काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बारेमा धेरै चिन्ता नलिन आग्रह गरेका छन् ।

मङ्गलवार देउवालाई भेट्न गएका काँग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई उनले खाँणको विषयमा धेरै चिन्ता नगर्न आग्रह गरेका हुन् । उनले खाँण पैसामा बिक्ने व्यक्ति नभएको पनि बताए ।

advertisement

उनले भने, ‘तपाईँहरू धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन । पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन । विना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र ? खाँणजी पैसामा बिक्ने खालको मान्छे होइन । उहाँ राष्ट्र र राष्ट्रियता प्रति एकदमै प्रतिबद्ध मान्छे हो ।’

 

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com