काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै पार्टीले आपत्ति जनाउँदै एमाले सांसदले संसद् अवरोध गरेका हुन्।
सांसद् हृतराज पाण्डे बोल्ने क्रममा एमालेका सांसद्ले संसद् अवरोध गरेका हुन्।
सत्तापक्षका नेताले विना आधार भ्रष्ट्राचारको आरोप लगाएको भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाए।
उनले भने,’ सत्तापक्षका नेता राजन दाहालले हाम्रो दलका नेतालाई पशुपतिको गजुर काण्डमा सुन र पित्तल भनेर आरोप लगाउनुभयो। हामी जवाफ चान्छौँ। सत्ता पक्षले जवाफ नआएसस्म्म सदनको कारवाही अघि बढन सक्दैन। एमाले भ्रष्टाचार विरोधी पार्टी हो।’
प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार













प्रतिक्रिया