काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि छलफल केन्द्रीत थियो । यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्वोधन गर्ने सहमति भएको छ ।

साथै सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए ।

advertisement

प्रधानमन्त्रीको भनाइ उद्वृत गर्दै गिरीले भने, ‘सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुने गरी तथ्यहिन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकै हो । यसलाई गलत भनेरै जानुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले आजै संसदमा सम्वोधन गर्ने र संसद सुचारु हुने सहमति भएको छ । आगामी दिनमा पनि यस्ता तथ्यहिन आरोपहरु संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरुलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताए ।

 

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com