काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी अराजकता पार्टी भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता खनालले रास्वपा प्रति लक्षित गर्दै घण्टी अराजकताको संकेत भएको बताएका हुन्।

advertisement

उनले भने, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ। यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ। कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरू भनेका अराजकताका सङ्केतहरू हुन्। यो देशका जुन ठुला मेजर पार्टीहरू हुन्, जसले क्रान्ति गर्न ठूलो भूमिका खेले, तर उनीहरूले देश निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सकेनन्। त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो। नयाँ भिजनका साथ देशलाई अघि बढाउनुपर्छ ।’

 

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com