काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा मान्छेहरू बौलाउन थालेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत मन्त्री किरातीले विभिन्न सञ्चारमाध्यममा पशुपतिनाथको ३१ रोपनी जग्गामा चलखेल गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्री किरातीले यस्तो बताएका हुन्।

advertisement

मन्त्री किरातीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन्।

उनले लेखेका छन्,‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन ।’

 

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com