काठमाडौं । महोत्तरीमा एनएमबी बैंक लुटिएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित बैंकको शाखाबाट मंगलबार मध्यान्न १२ बजेर २५ मिनेटमा रकम लुटपाट भएको हो।

बैंकको उक्त शाखामा कर्मचारीलाई स्थानीय हतियार देखाएर लुटपाट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिएका छन् । ‘बैंकको उक्त शाखामा मोटरसाइकलमा आएका ४ जनाको हरियारधारी समुहले पेस्तोल देखाएर रकम लुटेको हो ।’, उनले भने, ‘बैंकका कर्मचारीलाई हतियार देखाएर काउन्टरमा भएको रकम सोरसार पारी लुटेको भेटिएको छ । उनीहरुको खोजीकार्य गरिरहेका छौँ।’

advertisement

एसपी मल्लका अनुसार बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटिएको छ । हाल उनीहरुको खोजीकार्य तिव्र पारिएको छ । बैंक लुट्ने को हुन् भन्ने अझै पनि खुलेको छैन ।

 

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com