काठमाडौँ । चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताएका छन्।

शनिबार (आज) साँझ मात्रै स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेपाल–भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताएका हुन् ।

advertisement

उनले भने, ‘सीमा विवादको विषयमा खुलेरै कुरा भयो। सीमा समस्या समाधानको उपाय खोज्न पर्‍यो, नभए नेपाल–भारत सम्बन्ध सहज हुन्न भनेपछि मोदीजीले हुन्छ भन्नु भयो। सीमा समस्या समाधानबारे उहाँको प्रतिबद्धता छ।’

आफूले सीमा समस्या समाधान नभए नेपाल–भारत सम्बन्ध सहज नहुने बताएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समस्या समाधानका लागि प्रतिबद्धता जनाएको बताए।

 

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com