काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई नेपाली नागरिकले नागरिकता नपाउनुको पीडा राम्रोसँग थाहा भएको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले नेपाली नागरिकले नागरिकता नपाउनुको पीडा आफूलाई राम्रोसँग थाहा नभएको बताएका हुन्।

advertisement

उनले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरिएको भए विभेदका बारेमा छलफल हुने बताउँदै आफ्नो पार्टी नागरिकता विधेयकको विपक्षमा नभएको स्पष्ट पार्दै विरोधमा रहेको भाष्य प्रमाणित गर्न लागि परेको भन्दै दुःख व्यक्त गरे।

संसद्मामा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम नभएको बताउँदै लामिछानेले आफ्नो पार्टीबाट भएको गल्तीमा आत्मालोचना पनि गरे ।

 

प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com