काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने जस्ता भ्रष्टाचारको नाङ्गो रूप देखिन थालेको भन्दै यशविरुद्ध लाग्नुपर्ने बताएका छन्।

पार्टी निकट समाजवादी प्रेस सङ्गठनको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पैसा नदिई (घूस नखुवाई) कामै नहुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

advertisement

‘भ्रष्टाचारी, शोषक, पुँजीवादी, दलाल हाबी हुने स्थिति बनेको छ। बिना पैसा काम नै हुँदैन। मिटरब्याजपीडितहरूको क्रन्दन छ, यी सबैविरूद्ध लाग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘भ्रष्टाचारकाविरूद्ध पत्रकारहरूको कलम अझै सशक्त हुनुपर्ने भएको छ।’

उनले प्रतिगामीहरू सलबलाउन थालेको भन्दै चनाखो बन्न आग्रह समेत गरेका छन्। संविधानको प्रावधानलाई परिपालना गर्दामात्रै प्रगतिवादी हुने बताए।

 

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com