काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल राष्ट्र बैंकलाई भवनको नक्सा पासबारे प्रश्न गर्दै पत्र पठाएको छ ।

जेठ ३२ गते काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले राष्ट्र बैंकको बालुवाटार र थापाथली कार्यालयलाई नक्सा पासबारे प्रश्न गर्दै पत्र पठाएको हो ।

advertisement

बैंकको नाममा दर्ता रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएको भन्दै महानगरले उक्त भवनको नक्सा पास भएको छ वा छैन भनि प्रश्न गरेको हो ।

‘बैंकको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकोले उक्त भवन प्रचलित नियम/कानुन बमोजिम निर्माण भएको छ/छैन ?’ महानगरले केन्द्रीय बैंकलाई पठाएको पत्रमा भनिएको छ, ‘भएको भए सो को प्रमाण र पास नभएको भए मिति २०८०/०२/०३ को राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ३५ दिने सूचना बमोजिम नक्सापास गर्न हुनु निर्देशानुसार अनुरोध छ ।’

त्यस्तै महानगरले नेपाल टेलिमक र राष्ट्रिय वाणिज्य बैंकलाई पनि नक्सा पास भए नभएकोबारे प्रश्न गर्दै पत्र काटेको छ ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com