काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पुर्पक्षका लागि थुनामा पठाउने आदेश अनुसार केन्द्रीय कारागार चलान भएका छन् ।

उनले अदालतबाट बाहिरिँदै गर्दा आफू निर्दोष भएको र अदालतबाट न्याय पाउने बताएका छन् ।

advertisement

“मेरो संलग्नता छैन, म निर्दोष थिए,” खाँणले अदालतबाट बाहिरिँदै गर्दा पत्रकारसँग भने ।

उनले थुनामा रहँदा अध्ययन गरेर समय बिताउने बताएका छन् । “थुनामा रहँदा अध्ययन गर्छु, अब अदालतबाटै न्याय होला,” खाँणले भने, “सबै साथीहरूलाई धन्यवाद । म गएँ ।”

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com