काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सीता र राम भारत र नेपालको परिपुरक भएको बताएका छन्।

उनले सीताविना भारत अपूर्ण हुने र रामविना नेपाल अपूर्ण हुने भन्दै दुबै एकअर्काको परिपुरक रहेको सन्देश दिएका छन्। मन्त्री किराँतीले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै सीताविना भारत अपूर्ण हुन्छ रामविना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा हामीले स्थापित गर्नु पर्ने बताएका छन्।

advertisement

‘३०० बर्ष अघि देखि दुई देशको व्यापार सम्बन्ध थियो त्यो बेला नेपालबाट निर्यात हुने छाला, ऊन र जडिबुटी प्रख्यात थियो भन्ने कुरा कौटिल्यशास्त्रमा लेखिएको पाइन्छ। उनले भने, ‘यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौं। हामी राम बेगर अपूर्ण छौँ। भारत सीता बेगर अपूर्ण छ।’

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com