काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन् । मेयर बालेन साहका पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै राजीनामा दिएकी हुन् ।

उनले बुधबार वक्तव्य जारी गर्दै मेयर साहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको बताएकी छन् ।

advertisement

उनलाई बालेनले मेयर भएलगत्तै सल्लाहकार नियुक्त गरेका थिए।

आफ्नो मर्म र भावना विपरीतका शैक्षिक निर्णयहरू भएको र बालेन लोकतान्त्रिक पद्दति भन्दा भीडको पछि लागेकोले आफू पदबाट हटेको बताएकी छिन्।

शैक्षिक मेला, फिल्म बन्दगराउने लगायतका अलोकतान्त्रिक र अधिकारक्षेत्र बाहिर गएर बल प्रयोग गर्ने गतिविधिका कारणले पदबाट राजिनामा दिन बाध्य भएको बताएकी छिन्।

पछिल्लो समयमा संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्रवृत्तिमा कडाइ गरेका बालेनले १३ हजार विद्यार्थीहरूलाई छात्रवृत्तिमा अटाएका थिए । हालै भृकुटीमण्डपमा भएको एक शैक्षिक मेलासमेत बालेनले बन्द गराएका थिए ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com