काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानका लागि पनि उनीहरूलाई पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने उनको तर्क थियो।

advertisement

बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले लुटेर बसेका कर्मचारीलाई पेन्सन दिने, तर किसानलाई नदिने काम नगर्न पनि सरकारलाई सचेत गराए।

उनले भने, ‘देश लुटेर खाने  स्थायी सरकारलाई दिने कि ? किसानलाई ? खुन पसीना बेचेर सुकाएर हामीलाई पाल राछ उनीहरूलाई हामीले पेन्सन किन दिन नसक्ने ? म भन्न चाहन्छु कि यदि तपाई हामी कृषिलाई सम्मान गर्न चाहन्छौँ, कृषकको सम्मान बढाउन चाहन्छौँ  भने कृषकलाई पेन्सनको व्यवस्था गरौँ, यो लुट्ने स्थायी सरकारलाई हैन , जुन-जुन जती-जती ठुलो पोष्टमा छन् त्यति ठुलो भाग खाने र पेन्सन दिएर पाल्ने हैन ।’

उनले विनियोजित बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्न सक्ने सम्भावना नरहेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान पुर्‍याउन पनि सरकारलाई सुझाव दिए।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com