काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले आउँदो निर्वाचनमा एमाले एक्लैले प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका छन् ।

शनिबार सर्लाहीको लालबन्दीमा पार्टीको मधेस प्रदेशस्तरीय प्रचार भेलामा उनले ‘मिसन ८४’ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने जिकिर गरे ।
अहिले संसद्मा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सही दिशा दिन नसक्ने उनको भनाइ छ ।
उनले यसअघि एमालेलाई मधेस प्रदेशबाट लखेट्न अनेक प्रयास गरिएको बताए । मधेसका नेता-कार्यकता एकजुट भएका कारण उक्त प्रयास असफल भएको उनले उल्लेख गरे ।

advertisement

केही समयअघि मधेसकै नाममा मुलुक विभाजन गर्न खोजिएको र अन्तर्राष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको जिकिर उनले गरे ।

प्रकाशित मिति: ९ असार २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com