काठमाडौं । काठमाडौं महानगरले आगामी आर्थिक वर्षमा सुलभ दरमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी खोल्ने भएको छ। त्यसका लागि उसले बजेटसमेत विनियोजन गरेको छ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ६ करोड रूपैयाँ फार्मेसी खोल्न विनियोजन गरिएको छ।

advertisement

त्यस्तै काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सहरी स्वास्थ्य क्लिनिकहरूको स्तरोन्नति सहित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रूपान्तरण गर्ने योजना बजेटमा छ। ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजना राखिएको यस कार्यक्रमलाई ३५ करोड रकम विनियोजन गरिएको छ।

महानगरले आइतबार २५ अर्ब ५४ करोड ७८ लाखको बजेट नगर सभामा प्रस्तुत गरेको छ।

प्रकाशित मिति: १० असार २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com