काठमाडौँ । ४५ हजार रुपैयाँ घुससहित एक इन्जिनियर पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अरविन्द कुमार यादवलाई घुससहित पक्राउ गरेको हो।

advertisement

रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको पिसिसि र ग्राभेलको नाप जाँचको भुक्तानी प्रयोजनका लागि इन्जिनियर यादवले ४५ हजार घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ।

यादवबारे थप अनुसन्धान भइरहेको आयोगको भनाई छ ।

प्रकाशित मिति: २० असार २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com