• एसईई नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरुलाई चर्चित कार्टुनिस्ट तथा शिक्षक आशिष खनाल ‘माड्साब’ को सन्देश !

प्यारा बिद्यार्थी भाइबहिनीहरु तिमीहरू एसईई (SEE) नतिजाको पूर्व संध्यामा छौ । नतिजा तिमीहरूको मिहिनेत बराबर कै पक्कै आउने छ। तर नतिजा राम्रो आएन भनेर कति पनि बिचलित नहुनु है!

एसईई फगत एउटा सामान्य परीक्षा मात्र हो । यस्ता परीक्षा तिमीहरूले बिद्यार्थी जीवनमा कयौँ पटक दिइसक्या छौ, अझै दिने छौ। एसईई परीक्षाले मात्र तिमीहरुको भबिष्य निर्धारण गर्ने होइन नि! देवकोटा, पारिजात, आइनस्टाइन, हर्क साम्पाङ्ग, सन्दुक रुइत आदि विश्व प्रशिद्ध ब्यक्तिहरुको ग्रेड कुन थियो थाहा छ? नेल्सन मण्डेलाको अंग्रेजीमा कुन ग्रेड आएको थियो? हर्क साम्पाङ्गले कुन डिभिजनमा एसएलसी पास गरेका थिए अनुमान गर्न सकिन्छ र?

advertisement

परीक्षा जे जस्तो भए पनि मिहिनेत गर्न नछोड, सफलता तिमीहरुलाई खोज्दै आउने छ। हामीलाई थाहा छ एक दिन तिमीहरूमध्ये कोहि हर्क साम्पाङ्ग र बालेन जस्तै असल नेता बन्ने छौ जसलाई बिज्ञानका सिद्धान्तको कुनै असर हुने छैन, कोहि ट्यागोर र सेक्सपियर जस्तै विश्व प्रसिद्ध साहित्यकार हुने छौ जसलाई गणितका सुत्रले रोक्ने छैन। कोहि माइकल ज्याक्सन जस्तै चर्चित डान्सर बन्ने छौ त कोहि दोस्रो ‘लेडि विथ द ल्याम्प’ हुनेछौ जसका सामु ब्याकरण, लेखा र अर्थशास्त्रले पनि घुँडा टेक्ने छन्।

 

प्रकाशित मिति: २१ असार २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com