काठमाडौं । दैनिक रूपमा भएका सडक दुर्घटना प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता व्यक्त गरेका छन्।

दैनिक रूपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले यसबारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका छन्।

advertisement

‘पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौँ हुन सक्छन्,’ ओलीले भनेका छन्, ‘यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com