काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि नेताहरूलक्षित तिखा टिप्पणी गर्न थालेका छन् ।

हर्कले विगतदेखि नै दल र नेताहरूविरुद्ध टिकाटिप्पणी गर्ने गरेको भए पनि भारतसँग जोडेर नेताहरूलक्षित प्रतिक्रिया जनाएका थिएनन् । अर्कोतिर बालेनले भने निरन्तर नेताहरूमाथि तिखा टिकाटिप्पणी गरिरहेका छन् ।

advertisement

 

सोमबार भने हर्कले पनि सांसदहरूलाई ‘चोर फटाहा’को संज्ञा दिएका छन् ।

“बरु जंगलमै कन्दमुल खोजेर खाइन्छ । तर, भारतीय दलाली गरेर खाइन्नँ । चोर फटाहाहरूलाई माननीय भन्नुपरेको छ,” हर्कले भनेका छन् ।

उसो त बालेन र हर्कले एक अर्काका अभिव्यक्तिको समर्थन गर्दै आएका छन् । बालेनले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने नेतालक्षित अभिव्यक्तिलाई हर्कले समर्थन गर्दै आएका छन् ।

प्रकाशित मिति: २६ असार २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com