काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ मा लागेको बताए ।

उनले भने, ‘अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने मात्रै हो । गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ । त्यसैले उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन् अहिले उनीहरु उस्तैउस्ताहरु मिलेका छन् । हामीलाई सरकारमा जान हतारो नभएको होइन हामीले त्यता हेरेको पनि छैनौं । सोचेका पनि छै्रनौं । हामी ग्रासरुटमा लाग्यो। अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं। यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र यताको टेको खोज्यो गर्नु छैन ।’

advertisement

कुनै परिणाम ननिस्कले ठाउँमा गन्तव्य भएको पार्टी नलाग्ने प्रष्ट्याए ।

प्रकाशित मिति: २६ असार २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com