काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने तत्काल सम्भावना नरहेको बताएका छन् ।

बिहीबार बिहान संसदीय मामिला पत्रकार समाजको टोलीसँग पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा कुराकानी गर्दै सभापति लामिछानेले सरकारमा सहभागी हुनेबारे संवाद नभएको बताए ।

advertisement

‘उपनिर्वाचनपछि आउनुहोस् भन्नुभएको थियो, अहिले कुराकानी भएको छैन । यो रेस र गेममा पनि छैनौँ,’ उनले भने, ‘तर, हामी स्थायित्वको पक्षमा छौँ ।’ सरकारमा भन्दा पनि संगठन विस्तारमा जोड दिएको उनले बताए ।

मिटरब्याजसम्बन्धी अध्यादेशमा सत्तारुढ दलभित्रैबाट विपक्षीमा उभिन सक्ने आशंका उनले औँल्याए ।

‘मिटरब्याजसम्बन्धी अध्यादेशमा सत्तामा भएका दल पनि विपक्षीमा उभिन सक्छन् । विधेयक अन्तिम समयमा ल्याउनुमा आशंका छ,’ उनले भने । मामिलाको नयाँ नेतृत्वलाई सभापति लामिछानेसहित रास्वपाका सांसदहरूले बधाई र कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com