काठमाडौं । काठमाडौंको ठमेलमा रहेको ओम्निया क्लबका सञ्चालक र कर्मचारीमाथि कुटपिट गरेको आरोपमा गुण्डा नाइके सानुभाई भनिने युवराज गुरुङसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीकाअनुसार उनीहरु आज काठमाडौंको थानकोटबाट पक्राउ परेका हुन् ।

गुण्डानाईके सानुभाईको समूहले यही असार १५ गते राति ठमेलको क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरूङमाथि मुक्का प्रहार गरेको थियो । सञ्चालक राजेन्द्रले गुण्डानाईके सानुभाईको समूहविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

advertisement

यसरी पक्राउ पर्नेमा नुवाकोटको ककनीका ३३ वर्षीय गुण्डानाईके सानुभाइ भन्ने युवराज गुरूङ, टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोटका २९ वर्षीय कमल तामाङ छन्।

प्रकाशित मिति: ३० असार २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com