काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १४ वर्षीय बालकलाई पार्टी प्रवेश गराएका छन् ।

कक्षा ९ मा अध्ययनरत विराटनगरका एक बालकलाई लिङ्देनले नै पार्टी प्रवेश गराएका हुन् । उनले एक कार्यक्रमबीच ती बालकलाई टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

advertisement

नेपालको संविधान र बालबालिका सम्बन्धि ऐन २०७५ ले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका मानेको छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ दफा ६६ मा बालबालिका विरुद्धको कसुरको व्यवस्था गरिएको छ । जस अन्तर्गत बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्न, हड्ताल, बन्द वा जुलुसमा प्रयोग गर्न निषेध गरेको छ ।

प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com