काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. आरजु राणा देउवाले पार्टीको प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरुमा अन्यौल भएको बताएकी छिन्।

उनले शुक्रबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा उक्त कुरा बताएकी हुन । ‘मन्त्री ज्यूहरु ‘प्रिपियर्ड’ नै हुनुहुन्न । मन्त्रीज्यूहरु सरकारमा जानुहुन्छ । सिक्दा सिक्दा पद जान्छ’, डा. राणाले भनिन्।

advertisement

उनले सरकारमा मन्त्री भएर जाने पार्टी प्रतिनिधिहरुलाई उपलब्धीमुलक प्रशिक्षण दिनुपर्ने बताइन । ‘हामीले गर्ने कामको लिंक हामीले चुनावमा ल्याएको घोषणा पत्रसँग गर्नुपर्छ। हामी संसद भएपनि मन्त्री भएपनि घोषणा पत्र लिंक गरेर काम गर्नुपर्छ । अनि मात्र भोट बैंक बढ्छ’, डा. राणाले भनिन् । उनले पार्टी भित्र प्रशिक्षण बढाएर मात्र उपलब्धी नहुने तर्क गरिन् ।

पार्टी भित्रको सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने डा.राणाको तर्क थियो । ‘पार्टी भित्र खुला आलोचना गर्नुपर्छ। डराएर बस्नेहरु मैदान छोडेर जानुपर्यो’, उनले भनिन्।

प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com