काठमाडौं । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल भएको पुष्टि भएको छ।

गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो ।

advertisement

भन्सार कार्यालयले बैककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थानमा विष्कुट आकारको पहेँलो धातु जफत गरेको थियो ।

थाई नागरिकले उक्त वस्तु सुन भएको बताएका थिए । आफू धार्मिक प्रयोजनका लागि लागि नेपाल आएको बताएका उनले ल्याएको सो धातु त्रिपुरेश्वरस्थित रहेको भन्सार विभागमा जाँच गरेर उनलाई नै फिर्ता दिइएको बताइएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com