विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ शनिबार बिहानै धरान वडा नम्बर ४ मा पर्ने छोटी मोरङमा आफ्ना समर्थकसहित वृक्षारोपण गर्न पुगे । सयौँ समर्थकलाई लिएर त्यहाँ पुगेका उनले वृक्षारोपण गर्न लागेको जग्गा भने निजी व्यक्तिको थियो । यद्यपि उक्त जग्गा विवादरहित भने थिएन । जग्गा धनी रोशन अधिकारीको परिवारले साम्पाङलाई त्यहाँ बिरुवा नरोप्न र रोपे फाल्दिने चेतावनी दियो । त्यसपछि त्यहाँ निक्कै बेर हल्लाखल्ला र विवाद भयो ।
विवादबीच बिरुवा रोपेर धरान फर्किएका प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा त्यही घटनालाई इङ्गित गर्दै स्ट्याटस लेखेका छन् र उनले भनेका छन्, ‘बिरुवा रोपेको उखेलिए डोजर चल्नेछ ! अनेक थरिको मुद्दा लाग्नेछ र पूरै पब्लिक उठाएर माफियाहरू विरुद्ध जाइलाग्नेछौँ ! चुपो लागेर बस है ।’ उनले दिएको यो चेतावनीपूर्ण भाषा उनै जग्गा धनी रोशन अधिकारीलाई लक्षित थियो ।
रोशन अधिकारी धरानकै स्थायी बासिन्दा हुन् । अघिल्लो कार्यकालमा धरान १ बाट उनी नेपाली काँग्रेसको उम्मेदवार बनेर वडाध्यक्षमा विजयी भएका थिए । आफू वडाध्यक्ष हुनुभन्दा निक्कै अगाडि उनले जग्गा खरिद गरेर उक्त जग्गाबाटै धरान स्काई एड्भेन्चर प्रा.लि.कम्पनी खोलेर प्याराग्लाइडिङ उडाइरहेका छन् ।
प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार












प्रतिक्रिया