काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले, शीर्ष तहमै खराबी भएकाले देशमा बेथिति बढेको टिप्पणी गरेका छन्।
काठमाडौँमा ‘पुर्नजन्म’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले मुहान सङ्लो नभएसम्म बेथिति सुधार्न कठिन हुने उनको टिप्पणी छ।
उनले भने ‘देशमा बेतिथि छ, र त्यो गर्ने माथिल्लो तहमा बस्नेहरु नै हुन् । मुहान संलो भयो भने पानी राम्रो आउँछ । म राम्रो काम गर्छु, स्वच्छ हुन्छु, संलो हुन्छु भन्ने प्रतिवद्धता गर्न चहान्छु । आर्थिक क्षेत्रमा राम्रो हुने हो भने सबै राम्रो हुन्छ भन्ने मेरो मान्यता छ । ’
राज्यले उच्च पदस्थहरुको उपचारमा करोडौं खर्च गरेको भन्दै उनले त्यो रोक्ने प्रयास सुरु गरेको जिकिर गरे । ‘भिआईपीहरु उपचारको लागि कराडौं खर्च गर्ने गरेको छ, त्यसकारण वीर अस्पतालमा भिआईपी कोठा बढाउने राम्रो डक्टरहरुको टोली बनाउँने र त्यहाँबाट भएन भने मात्रै बाहिर जाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि १५ जना डक्टरको समूह बनाई सकेका छौ ।’ उनले भने ।
सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता नै नदिएको उनको टिप्पणी छ । ‘नेपालको संविधानले शिक्षा, स्वास्थ्य जनताको मौलिक अधिकार भनेको छ । तर व्यवहारमा हुन सकेको छैन् । डब्लूएचओले देशको कूल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउनु पर्छ भनिएको छ । नेपालको बजेटमा अझ ४० प्रतिशतले घटाएर पठाएको रहेछ ।’ उनले भने ‘म आएपछि ९५ करोड बल्ल बल्ल अर्थ मन्त्रालयबाट स्विकृति गराएर थप्न लगाएको छ । तलब खान पठाइयो यस्तो खालको परिस्थितिमा मन्त्री भएर आएको छु । ’
आफू गरीब र असहायहरुको निशुल्क स्वास्थ्यका लागि लागिरहेको उनको भनाई छ । ‘सिमित स्रोत र साधन भएपनि जनताको स्वास्थ्य सेवा गरीब निमूखाहरुको लागि निशूल्क हुनुपर्छ भनेर लागेको छु । म आएपछि १० प्रतिशत निशूल्क गर्ने काम सुरु गरेका छौँ । ’
प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार













प्रतिक्रिया