काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सि मङ्गलवार संघीय शिक्षा ऐन संसदमा पठाउने बताएका छन्।

समाजवादी विद्यार्थी मोर्चाले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा उनले मन्त्रिपरिषदबाट पास गरेर यो ऐन संसदमा पठाउने बताए । उनले अगाडि भने, यसले शिक्षा क्षेत्रमा देखिएका थुप्रै कुरा सम्बोधन गर्ने तागत राख्छ ।’

advertisement

लामो समयदेखि रिक्त त्रिवि सेवा आयोगको अध्यक्ष पनि पर्सिसम्म नियुक्त हुने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताए । तत्कालीन नेकपा नेतृत्वको सरकार भएको बेला तयार भएको र पार्टीको बहुमत सदस्य यसलाई सार्वजनिक र कार्यान्वयन गर्न तयार भएपनि तत्कालीन प्रधानमन्त्री तयार नभएको उनले बताए ।

प्रचण्डले अगाडि भने, ‘उहाँले त्यसलाई तकियामुनि राख्नुभयो । अहिले त्यो हराएको छ ।’ आफू प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी गरिरहेको भएपनि नभेटिएको उनको दाबी छ ।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com