काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान दिन गनेर बसेको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ सुदूरपश्चिम प्रदेश सम्पर्क विभाग गठनको लागि बृहत् भेला कार्यक्रममा सभापति लामिछानेले आजैबाट सरकारमा जाने दिन गन्ती पनि सुरु भएको बताए।

advertisement

उनले भने ‘ हामी पनि दिन गनेर बसेका छौं । रास्वपा सरकारमा आउनेछ । रास्वपाले आफ्नो नीति लागु गर्ने छ । र हामी परदेश छोडेर घरदेशमा आउने छौं । आफ्नै प्यारो माटोमा जीवन बिताउने छन् । हामी त्यो दिनको प्रतीक्षा गर्ने छौं।

सभापति लामिछानेले आफूहरूले जनताको लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको लागि आजैबाट दिनको गन्ती सुरु भएको बताएका छन्।

उनले भने ‘ काम गरिरहेका छौं कदमकदाचित छल गरेर बल गरेर मताधिकार कसैले खोसिदियो भने पनि आफ्नो काम गर्ने ठाउँमा भन्नुहोला यस पटकको चुनावमा त म आफ्नै देश जान्छु । भनेर छुट्टी माग्नुहोला।’

रास्वपाले अब जिल्ला दौडाहा पनि बढाउने भन्दै सबैसँग सम्बन्धित जिल्लाहरूमा भेट्ने बाचा पनि लामिछानेले व्यक्त गरे ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com