काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताएका छन्।

मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने लामिछानले बताएका हुन् ।

advertisement

‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा  बा आमाको सेवामा हुनेछ,’ उनले लेखेका छन्।

६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै २ वटा मोबाइल क्लिनिक सेवा सञ्चालनमा ल्याउने उनले बताए ।
ब्लु बसमा पनि कुनै समस्या नभएको उनको दाबी छ।

लामिछानेले महिलाहरूका लागि निःशुल्क सञ्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ।

‘मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंक र ….हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं,’ उनले भनेका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com