काठमाडौं । जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले डाका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । विष्टसँगै सुशील गुरुङ र बलिराज शाही पनि जेल चलान भएका छन्।

advertisement

२४ असारमा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

अदालतले पाँचमध्ये दुई जना सन्तोष थापा र यामराज शाहीलाई भने दुई-दुई लाख धरौटीमा रिहा गर्न अनुमति दिएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।

प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com