काठमाडौं । संसद बैठक स्थगित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद नचल्ने बार्गेनिङ चल्ने टिप्पणी गरेका छन्।

समाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘वर्षौदेखि देशलाई कसरी प्यारलाइज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कैयौं कानुन बनाउनुपर्ने छ, कैयौं कानुनमा संशोधन छ्न् । जनसरोकारका कैयौं मुद्दामा छलफल र निर्णय गर्नुछ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ।’

advertisement

सुन प्रकणको छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै एमालेले सदन अवरोध गर्दै आएको छ । आज सदन खुलाउन सभामुख देवराज घिमिरेले पहल गरे पनि सफल हुन सकेन । भोलिसम्मका लागि संसद बैठक स्थगित गरिएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com