काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले माओवादीसँगको सत्ता सहकार्य यथावत राखिए काँग्रेस समाप्त हुने बताएका छन् ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए सरकार ढल्नेसमेत चेतावनी दिएका छन् ।

advertisement

अदालतको आदेशपछि सीआईबीबाट रिहा हुने क्रममा पत्रकारसँग कुरा गर्दै डा. शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजीले स्टन्टबाजी गरेर काँग्रेसका एकाएक नेतालाई धूलोपीठो बनाउने योजना बनाएको दाबी गरे ।

उनले भने, ‘यिनीहरूले नेतालाई एकाएक गरेर धूलोपीठो पार्दैछन् । प्रचण्डलाई यो ठाउँमा पुर्‍याएको गुन मलाई हतकडी लगाएर तिर्नुभयो । तर, यो आतंककारीहरुसँग गठबन्धन कायमै राख्ने हो भने काँग्रेस सकिन्छ, म यो कुरा मेरा नेताहरूलाई भन्छु ।’
उनले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिए आफ्नो पूर्वनिर्धारित अनसन अघि बढ्ने बताए ।

प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com