काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको भन्दै त्यो महानगरको लागि शिक्षालाई समयानुकूल परिवर्तन गर्ने अवसर भएको जनाएको छ ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृत्रिम बौद्धिकता-आर्टिफिसियल इन्टेलिजेन्स),ड्रोन टेक्नोलोजी र कोडिङ विषयमा दिइएको अभिमुखीकरणमा सहभागी विद्यालय, शिक्षक र विद्यार्थीहरू सबै सिकाइप्रति उत्साही देखिएको महानगर प्रमुख बालेन्द्र साहले जानकारी गराएका छन् ।

advertisement

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पद्मोदय माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई महानगरले प्राविधिक विषयमा अभिमुखीकरण गराएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृत्रिम बौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ) मा अभिमुखीकरण दिइएको थियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो ।’

त्यस्तै उनले महानगरले विद्यार्थीको रुचीको आधारमा ‘बुक फ्रि फ्राइडे’ (शुक्रबार) का दिन प्राविधिक सिकाइको विषयलाई पनि समावेश गरेर कक्षा चलाउने जानकारी दिए । उनले अहिलेको समयानुसारको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक परीक्षण र प्रयोग गर्दै सामुदायिक शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई प्रविधिमैत्री र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने उल्लेख गरेका छन् ।
‘यो विज्ञान र प्रविधिमा आधारित समय हो । हरेक व्यक्तिको जीवनशैली यसैसँग जोडिएको छ। अहिले हामीले विद्यालय उमेरमा यस्ता ज्ञान र सिपसँग विद्यार्थीलाई अभ्यस्त गराउन सकेनौँ भने प्रतिस्पर्धी हुन सक्दैनन् । उनीहरूलाई यो जोखिमबाट बचाउन हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थीलाई पुस्तकमा भएको सिद्धान्त (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गराउँछौँ,’ बालेनले लेखेका छन् ।

प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com