काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करीमा उच्चस्तरीय छानबिन आयोग बन्न नदिँदा १०० किलो सुन ६१ किलोमा झरेको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्थाः समस्या र समाधान’ विषयक छलफलमा ओलीले भने, ‘आयोग बन्न नदिँदा एक सय केजी सुन ६१ केजीमा झर्यो । त्यसैले यो आयोग बन्न दिइएको छैन ।’
एमालेले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आएको छ । बुधबार ओलीले त्यसको बचाउ गर्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्रीसँग आफूले यस विषयमा कुरा गर्दा ३५ दिन पर्खनुस् भन्ने जवाफ पाएको उनले सुनाए । ‘प्रधानमन्त्रीसँग यो विषयमा कुरा गर्दा ३५ दिन पर्खिनुहोस् भन्नुहुन्थ्यो । त्यतिञ्जेलसम्म कति केजीमा झर्ने हो ?’ उनले प्रश्न गरे ।
प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार













प्रतिक्रिया