काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएको भन्दै प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानामगरले असन्तुष्टि जनाएकी छन् ।

राष्ट्रपति कार्यालयले नबोलाएपछि उपसभामुख रानामगरले असन्तुष्टि जनाएकी हुन् ।

advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा श्रेष्ठलाई शपथग्रहण गराउँदै छन् । यसअघिका शपथहरूमा राष्ट्रपति कार्यालयले उपसभामुखलाई बोलाउने प्रचलन थियो । तर यसपटक कुनै पत्र नआएको बताइएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com