काठमाडौं । बागमती प्रदेशको नाम ताम्सालिङ राख्नुपर्ने माग गर्दै ताम्सालिङ संयुक्त संघर्ष समितिले आन्दोलन गर्ने भएको छ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले आन्दोलनको अवधारणा र खाकालाई अन्तिम रुप दिने काम सकिएकोले यही भदौ १० गते काठमाडौंमा घोषणासभा गर्ने तय भएको जानकारी दिए।

advertisement

राजनीतिक दलहरुका जातीय मोर्चा तथा संगठन, सामाजिक संस्था र स्वतन्त्र अभियन्ताहरु आबद्ध संघर्ष समितिको बैठकले बागमती प्रदेशको नाम ताम्सालिङ राख्न आन्दोलन गर्ने निर्णय गरेको संघर्ष समितिका सदस्य सचिवसमेत रहेका तामाङले बताए।

करिब २ महिना लामो छलफलपछि ताम्सालिङ निर्माणको साझा मुद्दामा विभिन्न पक्ष र सरोकारवाला एक ठाउँमा आएकोले आन्दोलनले गति लिने अपेक्षा गरिएको तामाङको भनाइ छ।

प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com