काठमाडौं । महावीर पुनले आफ्ना तीन अन्तर्राष्ट्रिय पदकहरू बिक्रीमा राखेका छन् ।

वीरगन्जको कृषि औजार कारखानामा ३ सयदेखि ५ सय केभीएसम्मको ट्रान्सफर्मर दशैं अगाडि नै राख्नुपर्ने भएकाले पदक बिक्रीमा राखेको बताएका छन् ।

advertisement

उनले भनेका छन्, ‘लौ त, आज जनै पूर्णिमाको शुभ दिनमा केहि पैसा भएका साथीहरू मिलेर २० देखि २५ लाख सम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरू किन्नु होस् त । नेपालको पदक चाहिँ बेच्न नपाइने भयो । ती पदकहरू किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुन्छ।

उनले बिक्रीका लागि राखेका पदकहरू यी हुन
१. सन् १९९२ मा अमेरिकामा पाएको Honor Graduate Medal
२, सन् २००७ मा फिलिपिन्समा पाएको Ramon Magsaysay Award Medal
३. सन् २०१४ मा अमेरिकामा पाएको Internet Hall of Fame
यस्तो छ उनको स्टाटस

प्रकाशित मिति: १४ भाद्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com