काठमाडौं । प्रायः संघीय सरकार र नेताहरूविरुद्ध उत्तेजक अभिव्यक्ति दिने काठमाडौंका मेयर बालेन शाहले शनिबार राति पनि फेसबुकमा उत्तेजक अभिव्यक्ति उल्लेख गरेका छन् । उनले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

advertisement

कुन प्रसंगमा उनले यो लेखेका हुन कुरा भने बुझिएको छैन ।

प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com